असार २९, २०८२ आइतबार July 13, 2025

भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् । उनीहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको हो ।

सूचना अधिकारी पौडेलले दिएको जानकारी अनुसार सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज मंगलबार घर जाँदै छन् । १९ जना डिस्चार्ज भएपछि अस्पतालमा अब ११ जना उपचाररत छन् । यसअघि अस्पतालबाट उपचार पाएर ९ जना संक्रमित फर्किएका थिए । एकजनाको मृत्यु भएको थियो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले विश्व स्वास्थ्य संगठन र डब्लुएचओको गाइडलाइन अनुसार लक्षण नदेखिएका र १४ दिन कटेकाहरुलाई अस्पतालले डिस्चार्ज गर्ने बताएका छन । ‘उनीहरुलाई थप १४ दिनसम्म घरमा छुट्टै बस्न भनिएको छ । स्वास्थ्यमा विशेष ख्याल गर्न र घरका पौष्टिक खाने कुराहरु खान सुझाव दिएर डिस्चार्ज गरिएको छ,’ तिवारीले भने ।

अस्पतालमा कोरोना संक्रमित ४० जनाले उपचार गराएका छन् । संक्रमितहरुलाई अस्पतालको सर्जिकल वार्डमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया