वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

मन्त्रीको शपथ लिन प्रदेश प्रमुखको कार्यालय पुगेकी थापा अन्तिम समयमा शपथ नलिएर बाहिरिइन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई विहिबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीवार राति नै शपथ ग्रहण गराएका थिए ।

नाउपाका सात सांसदमध्ये अध्यक्ष रन्जिता श्रेष्ठ पक्षमा कैलाश चौधरी र टीका थापाले सोडारीलाई समर्थन गरेका हुन् । दुबैलाई मन्त्रीमा नियुक्त गर्ने सहमति भएपनि विहिबार कैलाशले मात्र मन्त्री पदको शपथ लिएका छन् तर टीका थापाले भने मन्त्री बन्न अस्वीकार गरेकी छन् ।

आन्तरिक रुपमा रोजेको मन्त्रालय नपाएको बताइए पनि सामाजिक सञ्जालमा भने टिका थापाले आफुलाई बिना विभागीय मन्त्रीको शपथ खान भनिएको र कुनै मन्त्रालय फुटाएर मन्त्रालय तोकिने भनेपछि आफुले मन्त्रीको शपथ खान अस्वीकार गरको बताएकी छन् ।

मन्त्रीको शपथ लिन प्रदेश प्रमुखको कार्यालय पुगेकी थापा अन्तिम समयमा शपथ नलिएर बाहिरिएकी थिइन् । अर्को तर्फ कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी नपाए शपथ नलिने अडान लिएपछि राति शपथ गराइएको थियो । मन्त्री नबनेपछि आक्रामक हुदै सांसद थापाले आफु सरकारमा सहभागी नहुने र सरकारलाई समर्थन समेत नगर्ने सामाजिक सञ्जालमा लेखेकी छन् ।

सत्ताको भागबन्डामा ७ सांसद समेत दुई समुहमा रहेको नाउपा सुदूरपश्चिमका सांसद अब रन्जिता पक्षका दुई सांसद समेत दुई तिर पुगेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार