वैशाख २२, २०८१ शनिबार May 4, 2024

गण्डकीमा मनाङेलाई भौतिक पूर्वाधार र चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी

तीन सदस्यीय मन्त्रिमण्डल बिस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् ।

नेकपा माओवादीका हरिबहादुर चुमान आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

गत २५ चैतमा नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफ्नो क्याबिनेटमा चुमान र मनाङे गरी ३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए । त्यसबेला सत्ताघटक माओवादी संसदीय दलका नेता चुमान र मनाङबाट स्वतन्त्र सांसद हैशियतमा चुनाव जितेका मनाङेलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए ।

तर प्रदेशसभा सभामुख कृष्णप्रसाद धिताललाई समेत गनेर मुख्यमन्त्रीमा नियुक्त अधिकारीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्चमा विचाराधीन उक्त मुद्दाको पेसी १० वैशाखलाई तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार