वैशाख २२, २०८१ शनिबार May 4, 2024

उखु महोत्सवबाट किसान उत्साहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मी, वैशाख ८ गते । छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसान उत्साहित बनेका छन् । उखुको उत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले वडा नम्बर ४ अन्तर्गत दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजना गरेको छ ।

पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि आयोजना गरिएको महोत्सवमा पराम्परागत शैलीमा गोरुको प्रयोग गरी उखु पेल्ने, खुदो र गुँड बनाउने कार्यका अतिरिक्त उखुको रसबाट उत्पादित सामग्रीलाई प्रदर्शनीमा राखिएको थियो । महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर, जीतपुर कोसेर एवम् पुरानो जातका उखु प्रदर्शन गरिएको थियो । गाउँपालिकाको वडा नम्बर ४ स्थित दिगाममा पहिलो पटक सञ्चालन गरिएको महोत्सवमा उखुको महत्व र त्यसको उपयोगिताका बारेमा विभिन्न गीत तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

उखु महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले छत्रकोटको कृषि क्षेत्रमा नौलो कार्यक्रम गर्ने सो पालिका रहेको बताउनुभयो । उहाँले छत्रकोटले उखुखेतीका माध्यमबाट आर्थिकोपार्जन गरी समुन्नति हासिल गर्नसक्ने बताउनुभयो । महोत्सवमा गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले उखुको प्रवद्र्धन र विकाससँगै किसानलाई अझ बढी व्यावसायिक बनाउन लागि उखु महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले महोत्सवले किसानमा आफ्ना उत्पादन बिक्री गर्न र त्यसको प्रचार-प्रसार गर्न थप मद्दत पुगेको बताउनुभयो । कार्यक्रममा उखु महोत्सवका संयोजक एवम् व्यावसायिक उखु कृषक रामकृष्ण न्यौपानेले गाउँमा आयोजना गरिने यस्ता प्रकारका मेला महोत्सवले किसानलाई पनि थप उत्प्रेरणा जगाउने काम गरेको बताउनुभयो । यसबाट उखु किसान थप उत्साहित बनेको भन्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

महोत्सवमा गाउपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनलगायतका व्यक्तिले महोत्सवले उखु किसानलाई थप हौसला बढाएको बताउनुभयो । गाउँपालिकामा मात्र तीन सय किसान व्यावसायिक उखुखेतीमा लागेका छन् । जिल्लाको खेतीयोग्य जमिनमध्ये एक सय ९० हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा उखुखेती गरिएको छ । यस वर्ष जिल्लामा पाँच सय ८९ मेट्रिकटन उखुजन्य पदार्थ (खुदो र गुड) उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारीले जानकारी दिनुभयो । जिल्लामा यस पटक पाँच करोड ४५ लाख बराबरको उखुजन्य पदार्थ उत्पादन भएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार