असार २९, २०८२ आइतबार July 13, 2025

बेसहारा बालबालिकालाई पढाउन महायज्ञ

असहाय, विपन्न बालबालिकाको आवासीय शिक्षाका लागि ‘पशुपतिनाथ शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ’ आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली, वैशाख ९ गते । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ ।

महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सबै बालबालिकाको अभिभावक सरकार हो, प्रदेश सरकारले स्थानीयस्तरमा यहाँहरूले  थालेका काममा सघाउनेछ”, उहाँले भन्नुभयो, “मेरो व्यक्तिगत सहयोग पनि रहनेछ ।”

महायज्ञबाट सङ्कलित रकम शङ्करपुरस्थित पशुपतिनाथ आधारभूत विद्यालयको स्तरोन्नतिमा पनि खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विश्व शान्तिका लागि साझा अभियान नेपालका प्रबन्धक गोपाल विकले बताउनुभयो । उहाँले  विद्यालयको विकास र समुदायका असहाय, विपन्न बालबालिकाको आवासीय शिक्षाका लागि ‘पशुपतिनाथ शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ’ आयोजना गरिएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार