वैशाख २२, २०८१ शनिबार May 4, 2024

अनलाइन जुवा खेलाउने १५ जना धम्बोजीबाट पक्राउ

जुवा खेलाउनका लागि प्रयोग गरिएका १८ थान ल्यापटप र ५६ थान विभिन्न कम्पनीका स्मार्ट फोनहरु समेत प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, वैशाख ९ गते । अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल सहित १५ जना पक्राउ परेका छन् ।

भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्रा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीको निर्देशनमा खटिएको प्रहरी टोलीले शनिवार राती १२ः४५ बजे नेपालगन्ज–१ धम्बोजीस्थित अयुव हल्वाईको घर भाडामा लिएर जुवा खेलाइरहेको उक्त समूहलाई पक्राऊ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

अनलाइन जुवा खेलाउनका लागि भाडामा लिइएको सो फ्ल्याटबाट पक्राउ परेका १५ जना व्यक्तिबाट अनलाइन जुवा खेलाउनका लागि प्रयोग गरिएका १८ थान ल्यापटप र ५६ थान विभिन्न कम्पनीका स्मार्ट फोनहरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार घटनास्थलबाट पक्राउ परेका व्यक्तिहरुमा जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बस्ने वर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने वर्ष २० को सास्वन पाठक, बाँके खजुरा गा.पा. १ बस्ने वर्ष ३८ का ईश्वर राणा, सोही ठाउँ बस्ने वर्ष ३७ का टोपबहादुर थापा, जिल्ला मोरङ मिक्लाजुङ गापा ६ बस्ने वर्ष २५ का ईसाक लिम्बु, सोही ठाउँ वडा नम्बर ९ बस्ने वर्ष १९ का सुदेश राई र वडा नम्बर १ बस्ने वर्ष २२ का रोसन दनुवार, जिल्ला खोटाङ अईसेलुखर्क गापा ६ बस्ने वर्ष २७ का प्रवीण राई र जिल्ला इलामको इलाम नगरपालिका ९ बस्ने वर्ष ३३ का पर्शुराम दर्जी छन् ।

सोही प्रकारले पक्राउ परेका अन्यहरुमा जिल्ला सिराहाको सिराहा ७ बस्ने वर्ष २३ का राकेशकुमार यादव, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका १४ बस्ने वर्ष ३१ का सुरेन्द्र चौधरी, जिल्ला उदयपुर चाङडिगडी नपा ८ बस्ने वर्ष ३२ का भास्कर मगर, जिल्ला रुकुम (पश्चिम) आठबिसकोट नपा ९ बस्ने बवर्ष २६ का दीपेन्द्र के.सी, जिल्ला गोरखा अजुरकोट गापा ४ बस्ने वर्ष २९ को रुपक कोइराला र  जिल्ला पर्वत त्रिवेणी गापा २ बस्ने वर्ष ३५ का सुन्दर राणा रहेको डिएसपी डाँगीले बताउनुभयो ।

निजहरुको सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी कार्वाही पक्रिया भइरहेको पनि बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले जनाउनुभयो । बाँकेमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी तुलबहादुर कार्की आएलगत्तै प्रहरीले चेकजाँच र गस्तीमा कडाई गर्दै विभिन्न अवैध गतिविधि तथा क्रियाक्लाप नियन्त्रण गर्न थालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार