खलंगा । प्यूठानमा आज थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका थप १६ जना र ठेगाना नखुलेका एकगरी १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिएका छन ।
नगरपालिकाका वडा नम्बर २ का एकजना, ४ का चारजना, ५ का एकजना, ६ का एकजना, ७ का एकजना, ८ का आठजना र ठेगाना नखुलेका एकगरी १७ जनामा संक्रमण देखिएको केसीले बताएका छन ।
केसीका अनुसार, ठेगाना नखुलेका एकसहित ५ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ र १२ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
प्यूठानमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ८६ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया