वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुग्यो

नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म जाने क्रममा पदमार्गमा रहेका फोहर समेत सङ्कलन गर्दै सेना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुगेको छ ।

नेपाली सेनाका अनुसार हिमाल सफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नाम्चेमा  सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रमुख/प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सञ्चालन गरेपछि सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गरेको थियो ।

यसै गरी, उक्त टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म जाने क्रममा पदमार्गमा रहेका फोहर समेत सङ्कलन गरेका छन् । आधार शिविर पुगेपछि आवश्यक वासस्थान, सञ्चार मिलाप तथा जनसमन्वय पश्चात् उक्त टोली हिमाल सफाइ कार्यको लागि परिचालित हुनेछन् ।

‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल ‘थिम’ का साथ सञ्चालित यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार