असार २९, २०८२ आइतबार July 13, 2025

त्रिविको प्राध्यापक पदमा पुनः विज्ञापन गर्न अनेरास्ववियुको माग

वैशाख १ गते कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कानुन विषयको प्राध्यापक पदको पुनः विज्ञापन गर्न माग गरेको छ ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष सिद्धान्त भट्टले एक विज्ञप्ति जारी गर्दै आयोगले २०८० वैशाख १ गते कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विद्यमान कानुनलाई बेवास्ता गरेर निश्चित सह–प्राध्यापकहरूलाई मात्रै प्राध्यापक पदपूर्ति गर्न खोजिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ लाई २०८० असोज २१ गते संशोधन गरिएको थियो । उक्त कार्यविधि कार्यान्वयनका लागि आयोगमा पठाइएको भए पनि आयोगले पुरानै प्रक्रियाबाट विज्ञापन आह्वान गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार