श्रावण १, २०८२ बिहिबार July 17, 2025

अर्थतन्त्र सुस्ताउँदा आयातनिर्यात दुवै घट्यो

चालु आर्थिक वर्षको नौ महिना (साउन–चैतसम्म) मा नेपालको आयातनिर्यात दुवै खस्कियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १० गते । चालु आर्थिक वर्षको नौ महिना (साउन–चैतसम्म) मा नेपालको आयातनिर्यात दुवै खस्किएको छ । मुलुकमा आर्थिक क्रियाकलाप सुस्ताउँदा त्यसको असर आयात निर्यात दुवैमा परेको देखिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात ३.६६ प्रतिशतले घटेको छ । विभागका अनुसार चैतसम्म नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा गरेको १२ खर्ब एक अर्ब ५० करोडको तुलनामा २.८४ प्रतिशतले कमी हो ।

चालु आवको नौ महिनामा नेपालले एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको वस्तु निर्यात गरेको छ । यो गत आवको सोही महिनासम्मको तुलनामा भने ३.६६ प्रतिशतले कम हो । गत चैतसम्म नेपालले एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपियाँको वस्तु निर्यात गरेको थियो । समीक्षा अवधिमा कुल अन्तर्राष्ट्रिय व्यापार पनि अघिल्लो वर्ष १३ खर्ब १९ अर्ब ७८ करोडको तुलनामा २.९२ प्रतिशतको गिरावटसहित १२ खर्ब ८१ अर्ब ३१ करोडमा आइपुगेको हो ।

समीक्षा अवधिमा आयातमा कमी आउँदा मुलुकको व्यापार घाटामा २.७५ प्रतिशतले कमी आएको छ । चालु आवको नौ महिनामा व्यापार घाटा घटेर १० खर्ब ५३ अर्ब ४२ करोडमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रहेको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार