वैशाख २२, २०८१ शनिबार May 4, 2024

कम्युनिष्ट पार्टी स्थापनामा कर्माचार्यको भूमिका अतुलनीय : अध्यक्ष नेपाल

मित्रलाई एकताबद्ध बनाउने र शत्रुलाई उपयोग गर्न आफ्ना पक्षमा ल्याउनुपर्दछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उहाँले कर्माचार्य नेपाली कम्युनिष्ट आन्दोलनको धरोहर भएको बताउनुभयो ।

अध्यक्ष नेपालले अरू पार्टीले नेपाली समाजलाई रूपान्तरण गर्न नसक्ने उल्लेख गर्दै क्रान्तिकारी सिद्धान्तले मात्र समाजलाई रूपान्तरण गर्न सकिने बताउनुभयो । मुलुकमा लोकतन्त्रले मात्र नपुग्ने भन्दै उहाँले समाजवादी लोकतन्त्रसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपालले लोकतन्त्रको संवाहक कम्युनिष्ट पार्टी मात्र रहेको अध्यक्ष नेपालको भनाइ थियो । जनताको विकास र स्वाभिमानको पक्षलाई ध्यान दिँदै देशको भाग्य र भविष्यको फैसला कम्युनिस्टले गर्दछ भन्ने मान्यतालाई अझ उजागर गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  कम्युनिष्ट आन्दोलनप्रति जनताको ध्यान आकर्षित गर्न रचनात्मक भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

“कम्युनिस्टका शत्रु र मित्र हामीले छुट्टाउनुपर्दछ”, अध्यक्ष नेपालले भन्नुभयो, “मित्रलाई एकताबद्ध बनाउने र शत्रुलाई उपयोग गर्न आफ्ना पक्षमा ल्याउनुपर्दछ ।” उहाँले नेपालको राजनीति जटिल रहेको उल्लेख गर्दै सत्ताका लागि गठबन्धन टुट्ने फुट्ने क्रम चलिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्र«मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने मध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेल, प्रतिष्ठानका सल्लाहकार डा महेश मास्के, सहिद प्रतिष्ठानका अध्यक्ष धर्म शिला चापागाईँ लगायतले कर्माचार्यले मुलुकको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार