वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

प्रभु शाहको आजपाले स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आम जनता पार्टी (आजपा)ले इलाम–२ मा आउँदो १५ बैशाखमा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै पहिचानवादीहरुको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार रहेका लिम्बुले ८ वैशाखमा आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै पत्राचार गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपनिर्वाचनमा आफ्नो पार्टीले पूर्ण साथ, सहयोग र समर्थन रहेको जानकारी गराएका छन् ।

‘अहिलेको उपनिर्वाचन परिणामले संसदीय अंकगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरुको बहस र संघर्षमा विशेष प्रभाव राख्ने निश्चित छ । यसर्थ, यस विषयलाई गम्भीरतापूर्वक लिन आम मतदाताहरुलाई आग्रह गर्दछौं । अहिले ईलाम–२ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो ढोंग र नाटक गरेपनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादी बिचको लडाई छ’ प्रवक्ता साहद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार