वैशाख २४, २०८१ सोमबार May 6, 2024

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १२ वैशाख : रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ ।

‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुुभयो । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुुभयो ।

तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया