असार २४, २०८२ मंगलबार July 8, 2025

३३५ जना नेपालीलाई थाइल्याण्डबाट स्वदेश फर्काइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट प्रभावित भएका ३२५ जना नेपालीलाई थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासका अनुसार यही मंगलबार र जुन १७ गते गरी ३२५ जनालाई नेपाल फर्काइएको हो ।

मंगलबार मात्रै नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट ७८ जनालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

यसअघि हिमालय एयरलाइन्ससँगको समन्वयमा १७ जुनमा सिङ्गापुरबाट ११३ जना र कम्बोडियाबाट ३३ जनालाई स्वदेश फर्काइएको थियो ।

थाइल्याण्डबाट नेपाल फर्किएकाहरुमध्ये छोटो अवधिको इन्टर्नसिपमा आएकाहरु, विभिन्न विश्विवद्यालयहरुमा अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीहरु २३४ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका ९ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका २ जना, जेलमुक्त भएका एकजना र नावालक बच्चा ६ जना रहेका छन्।

यसैगरी सिंङ्गापुरबाट नेपाल फर्किएकाहरुमध्ये जेलमुक्त भई नेपाल फर्कन स्वीकृति पाएका २१ जना, ट्रान्जिटमा अलपत्र परेका ७ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका १८ जना, रोजगारी समाप्त भएका ५६ जना र तालिममा आएका प्रशिक्षार्थी र विद्यार्थीहरु ९ जना गरी ११३ जना रहेका छन्।

त्यस्तै, कम्बोडियाबाट फर्किएकाहरुमध्ये वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका १३ जना, रोजगारी समाप्त भएका ९ जना, पर्यटक भिसामा आएका ९ जना र तालिममा आएका सरकारी अधिकृतहरु २ जना गरी ३३ जना रहेको दूतावासले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार