असार २९, २०८२ आइतबार July 13, 2025

गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने

पालिकासँग समन्वय गरेर यही वैशाख २५ गतेसम्म शिक्षकलाई तालिम दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तम्घास (गुल्मी), वैशाख १३ गते । गुल्मीमा आगामी जेठ १५ गतेसम्म सबै विद्यार्थीको आँखा परीक्षण गरिने भएको छ । नेपाल नेत्र ज्योती सङ्घ जिल्ला शाखाको बैठकले जिल्लाका सबै विद्यालयका विद्यार्थीको आँखा परीक्षण गर्ने निर्णय गरेको हो ।

आँखा परीक्षण गर्न प्रत्येक विद्यालयका एक एक शिक्षकलाई तालिम प्रदान गरिने नेत्र ज्योति सङ्घका जिल्ला सचिव पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो । पालिकासँग समन्वय गरेर यही वैशाख २५ गतेसम्म शिक्षकलाई तालिम दिइने छ । जिल्लाका सामुदायिक एवम् संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीको आँखा परीक्षण गरिने छ ।

“समस्या पहिचानपछि नजिकको आँखा उपचार केन्द्रमा रिफर गरिने छ । शल्यक्रिया गर्नुपर्ने भए जिल्ला आँखा उपचार केन्द्रमा उपचार गरिने छ”, सचिव पाण्डेले भन्नुभयो । इस्मा, रेसुङ्गा, गुल्मीदरबार, छत्रकोट र रुरुक्षेत्र पालिकाका नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।

त्योभन्दा बाहेकको सम्बन्धित पालिकासँग समन्वय गरेर उपचार गरिने उहाँले बताउनुभयो । जिल्ला आँखा उपचार केन्द्र, गुल्मीले गरेको एक सर्वेअनुसार गुल्मीमा कूल तीन हजार पाँच सय ४३ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । सात सय नौ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार