वैशाख २५, २०८१ मंगलबार May 7, 2024

आज कति छ विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४४ पैसा र बिक्री दर १६७ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ८२ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया