वैशाख २४, २०८१ सोमबार May 6, 2024

हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले पुँजी र प्रविधिको उपयोग गरी सञ्चालन गर्न सकिने हस्तकला ठुलो सम्भावना बोकेको क्षेत्र पनि भएकाले यसले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

हस्तकला क्षेत्र उद्योग व्यापार मात्र नभई यो देशको संस्कृति र सम्पदाको प्रतिबिम्ब पनि भएको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले यस क्षेत्रले रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

मन्त्री भण्डारीले, “हस्तकला क्षेत्रको दीर्घकालीन विकासका लागि नेपाल हस्तकला महासङ्घले तयार गरी मन्त्रालयमा बुझाएको हस्तकला विकास नीतिको पनि सूक्ष्म अध्ययन गरी हामी त्यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौँ ।”

उहाँले हस्तकलाको वस्तु तथा डिजाइन विकास, गुणस्तर प्रमाणीकरण, बजार विकास र व्यवसाय विकास जस्ता सेवा एकीकृत रूपमा व्यवसायीहरूलाई उपलब्ध गराउन सार्क हस्तकला विकास केन्द्र नेपाल सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना गर्न मन्त्रालय क्रियाशील रहेको जानकारी गराउनुभयो ।

त्रिपुरेश्वरमा सार्क हस्तकला विकास केन्द्रको भवन तयार भइसकेको जानकारी गराउँदै उहाँले अब जतिसक्दो चाँडो सोही भवनबाट हस्तकला विकास केन्द्र सञ्चालन गर्ने गरी कार्यविधि सरकारले स्वीकृत गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले उद्योग व्यवसायको समुचित प्रवर्द्धनका लागि उद्योग मन्त्रालयबाट तर्जुमा गरिएको नेपाल व्यापार एकीकृत रणनीतिले समेटेका हस्तकला वस्तुको प्रवर्द्धनमा मन्त्रालयले कुनै कसर बाँकी नराखी प्रवर्द्धनात्मक कार्य अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार