काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको भेटवार्तामा पार्टीको भोलिदेखि सुरु हुने स्थायी कमिटी बैठकका एजेण्डामा छलफल भएको छ ।
भोलिदेखि सुरु हुने बैठकमा एमसिसी, सीमा विवाद, कोरोना भाइरसविरुद्धको अभियान र सरकार तथा पार्टी नेतृत्वको कार्यशैलीका विषयमा छलफल गर्नेगरी अध्यक्षद्वयबीच छलफल भएको छ । वैशाख ८ गते पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि सुरु भएको नेकपा विवाद उत्कर्षमा पुगेको छ ।
आजको भेटवार्तामा पनि भोलि बस्ने स्थायी कमिटी बैठकका एजेण्डामा सहमति नजुटेको स्रोतको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कोरोनाविरुद्धको अभियानमा मात्र छलफल गर्ने चाहना राखेका छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी प्रचण्डसहित बुहसंख्यक नेताहरु समग्र विषयमा छलफल गर्नुपर्ने पक्षमा रहेका छन् । त्यसैले अहिलेसम्म पनि एजेण्डा तय नभएको स्रोतले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया