वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

पोखरामा बस दुर्घटना, १९ जना घाइते

बागलुङबाट तनहुँका लागि छुटेको ग १ ख ९२९७ नम्बरको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरा-बागलुङ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा सडकखण्डमा यात्रुबाहक बस शनिबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

घाइतेमध्ये १६ जनाको गण्डकी मेडिकल कलेज र तीन जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बागलुङबाट तनहुँका लागि छुटेको ग १ ख ९२९७ नम्बरको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको जानकारी दिनुभयो ।

साँझ साढे ७ बजेतिर डिभाइडरमा ठोक्किएर अनियन्त्रित भई बस सडकमा पल्टिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया