जेठ ६, २०८१ आइतबार May 19, 2024

विवाह गर्ने प्रलोभन देखाएर बालिका बलात्कार गर्ने युवक प्रहरी नियन्त्रणमा

बलात्कारका सम्लग्न भएको आरोपमा तनहुँ भिमाद– २ का आलेमगर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संखुवासभा- संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका– २ का बर्ष ३७ का हिमाल मगर भन्ने अभिमान सिं आलेलाई पक्राउ गरेको हो ।

सदरमुकाम खाँदबारीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर बलात्कारका सम्लग्न भएको आरोपमा तनहुँ भिमाद– २ आलेमगरलाई सार्वजनिक गरेको हो । आरोपित आलेमगरले बिवाह गर्ने प्रलोभन देखाएर खाँदबारी स्थित एक होटलमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खाँदबारीको एक होटलमा बलात्कार गरेर भागेका आलेमगरलाई गत शनिबार ओखलढुंगाको सिद्दिचरण–११ रमाईलोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले जानकारी दिनुभयो ।

बालिकाको परिवारजनले दिएको उजुरीको आधारमा आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित आलेमगरले ती बालिकालाई एक साताअघि बलात्कार गरेको गरेको अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा यो वर्षको ९ महिनामा ११ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार अनुसार ०७७-७८ मा २७ वटा बलात्कारका घटना भएका थिए ।

त्यस्तै २०७८-७९ मा १८ वटा र ०७९-८० मा १६ वटा बलात्कारका घटना भएका थिए । प्रहरीले निरन्तर रुपमा चलाएको सचेतनामूलक कार्यक्रम र नागरिक स्वयं सचेत भएका कारण बलात्कारका घटनामा कमी हुँदै गएको प्रहरीको अनुमान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार