काठमाडौंः प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो ।
गृहमन्त्री बोलेपछि कांग्रेस सांसदहरुले बोल्न समय माग गरेपनि सभामुखले कांग्रेस सांसदहरुलाई बोल्न समय दिएनन् ।
सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरि स्थगित गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया