असार २९, २०८२ आइतबार July 13, 2025

‘विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ’

तालिममा अनुसन्धानका क्रममा आवश्यक विषयवस्तुको उठान, उद्देश्य, अनुसन्धान विधि, तथ्याङ्क प्रस्तुतिकरणबारे प्रशिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ वैशाखः अनुसन्धानदाताले नेपालका विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालार्ई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

विश्वविद्यालय अनुदान आयोग र अथर्व विजनेश कलेजले आज यहाँ आयोजना गरेको ‘अनुसन्धनात्मक लेखन तथा सीप विकास कार्यक्रम’का वक्ताले नेपाली विश्वविद्यालयले समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

सरस्वती क्याम्पसका सहप्राध्यापक डा खोमराज खरेलले नयाँ अनुसन्धानले मात्र देशलाई सही दिशामा लैजाने भएकाले नेपालका विश्वविद्यालयले अनुसन्धान र खोजलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । “विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकलाई अनुसन्धानले व्यावहारिक ज्ञानलाई विद्यार्थीसम्म पुर्याउन यस्ता कार्यक्रमले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा डा दशरथ न्यौपानेले अनुसन्धान क्षेत्रको विकासका लागि बहुविषयक अनुसन्धान आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँ तहसम्म पुगेर गहन ढङ्गले अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

नेपाल दार्शनिक अनुसन्धान केन्द्र (एनपीआरसी)का अध्यक्ष डा तेजबहादुर कार्कीले दिगो विकासका लागि अनुसन्धानमा आधारित कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले देशको विकासका लागि अनुसन्धानलाई व्यापकता दिएर अगाडि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहप्राध्यापक डा सञ्जीवकुमार श्रेष्ठ, डा राजनविलास बज्राचार्य, डा दीपक महतलगायतले अनुसन्धान क्षेत्रले मात्र नयाँ कुरा निर्माण गर्ने भएकाले नयाँ पुस्ता अनुसन्धानमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

तीन दिनसम्म चल्ने तालिममा अथर्व विजनेश कलेज, मल्पी इन्टरनेशनल कलेज, राजधानी मोडल कलेज, काठमाडौँ कलेज अफ सेन्ट्रल स्ट्रेट र प्राइम सिए कलेजमा अध्यापनरत ३८ प्राध्यापकको सहभागिता छ । उक्त तालिममा अनुसन्धानका क्रममा आवश्यक विषयवस्तुको उठान, उद्देश्य, अनुसन्धान विधि, तथ्याङ्क प्रस्तुतिकरणबारे प्रशिक्षण प्रदान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार