वैशाख ३०, २०८१ आइतबार May 12, 2024

सुनको मूल्य तोलामै ४ सयले बढ्यो, चाँदी कति पुग्यो ?

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइतबार सुन मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ९ गते सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो। जुन मूल्य अहिलेसम्मकै उच्च हो।

यस्तै चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया