असार २९, २०८२ आइतबार July 13, 2025

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

चालु शैक्षिकसत्रमा महानगरका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ ।

सामुदायिक विद्याल र शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड वितरण गर्ने तयारी गरेको महानगरको शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख पोखरेलका अनुसार उक्त बोर्ड अहिले खरिद प्रक्रियामा छ । केही दिनभित्रमा नै विद्यालयलाई वितरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । “अहिले कुनकुन विद्यालयलाई वितरण गर्ने यकीन भने भएको छैन”, उहाँले भन्नुभयो । हाल महानगरमा ८९ सामुदायिक विद्यालय छन् । सकेसम्म धेरै विद्यालयलाई वितरण गर्ने चाहना महानगरको छ ।

स्मार्ट बोर्ड, प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्ययन गराउने एउटा माध्यम हो । “आवश्यकताअनुसार भिडियो देखाउन मिल्नेछ, गुगल सर्च गरी पठन पाठन गर्न मिल्छ, आवश्यकता परे पावर पोइन्टको प्रयोग गरेर अध्ययन गर्न मिल्ने प्रविधि हो”, उहाँले भन्नुभयो ।

बोर्डसँगैले शिक्षकलाई अध्यापन गराउन सहजताका लागि ल्यापटपसमेत वितरण गर्ने तयारी रहेको जनाइएको छ । ल्यापटप पनि खरिद प्रक्रियामा रहेको पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी कामपाले नेपाल सरकाको मापदण्डअनुसार विद्यार्थीलाई अध्ययन गर्न सहज होस् भन्ने हिसाबले फर्निचरका सामग्री पनि खरिद गर्ने तयारी गरेको महानगरले जानकारी दिएको छ ।

कामपाले सामुदायिक विद्यालयलाई सुधारेकै कारण चालु शैक्षिकसत्रमा महानगरका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । न्यून शुल्कमा विषयगत शिक्षकमार्फत अध्ययन गर्न पाउने भएपछि महानगरका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी बढेका हुन् ।

शिक्षा विभागका अनुसार अहिले सामुदायिक विद्यालयमा अध्ययन अध्यापन गर्नका लागि सबै स्रोतसाधनले सम्पन्न प्रविधिमैत्री बनाउने प्रयासमा कामपा रहेको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि उपयुक्त वातावरण तयार गर्ने काममा नै कामपाको ध्यान केन्द्रित भएको प्रमुख पोखरेलले बताउनुभयो । शिक्षा क्षेत्रको सुधारकै लागि कामपाले चालु आर्थिक वर्षका लागि शिक्षामा रु एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार