असार २९, २०८२ आइतबार July 13, 2025

कोहलपुरका संस्थागत विद्यालयको शुल्क निर्धारण

तोके बमोजिम शुल्क लिन विद्यालयहरुलाई अनुरोध गर्दै निरन्तर अनुगमन समेत गर्ने नगरपालिकाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, वैशाख १६ गते । कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका संस्थागत विद्यालय (बोर्डिङ स्कुल) हरुको शुल्क नगरपालिकाले निर्धारण गरेको छ । कोहलपुर नगरपालिका अन्तर्गतको नगर शिक्षा समितिको बैठकको सिफारिस तथा कोहलपुर नगर कार्यपालिकाको निर्णय अनुसार संस्थागत विद्यालयको न्यूनतम र अधिकतम शुल्क निर्धारण गरिएको शिक्षा अधिकृत शिला गौतमले जानकारी दिनुभयो ।

अधिकृत गौतमका अनुसार संस्थागत विद्यालयहरुले शिक्षा नियमावली २०५९, परिच्छेद-२५ को उपनियम १४६ बमोजिमको अधिकतम मासिक पढाई शुल्क मात्र लिन सक्ने आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ । साथै विद्यालयले अभिभावक भेलाबाट शुल्क अनुमोदन गराइ शुल्कको दर विद्यालयको सूचना पाटीमा अनिवार्य रुपमा टाँस्न र सो को एक प्रति शिक्षा तथा खेलकुद शाखामा स्वीकृतिका लागि पेश गर्न निर्देशन दिईएको गौतमले बताउनुभयो ।

कोहलपुर नगरपालिकाले निर्धारण गरेको शुल्कमा कक्षा नर्सरीका लागि न्यूनतम १५ सयदेखि अधिकतम तीन हजार, कक्षा एलकेजीका लागि न्यूनतम १६ सय ५० देखी अधिकतम ३२ सय, युकेजीका लागि न्यूनतम १८ सय देखि अधिकतम ३४ सयसम्म, कक्षा एकका लागि न्यूनतम १९ सय ५० देखी अधिकतम ३६ सय, कक्षा दुईका लागि न्यूनतम २१ सयदेखी अधिकतम ३८ सय, कक्षा तीनका लागि न्यूनतम २२ सय ५० देखि अधिकतम चार हजार, कक्षा चारका लागि न्यूनतम २४ सयदेखी अधिकतम ४२ सय, कक्षा पाँचका लागि न्यूनतम २५ सय ५० देखी अधिकतम ४४ सय निर्धारण गरिएको छ ।

यस्तै, कक्षा छ का लागि न्यूनतम २७ सय देखि अधिकतम ४६ सय, कक्षा सातका लागि न्यूनतम २८ सय ५० देिख अधिकतम ४८ सय, कक्षा आठका लागि न्यूनतम तीन हजारदेखी अधिकतम पाँच हजार, कक्षा नौ का लागि न्यूनतम ३१ सय ५० देखि अधिकतम ५५ सय र कक्षा १० का लागि न्यूनतम ३३ सयदेखि अधिकतम छ हजारसम्म शुल्क निर्धारण गरिएको शिक्षा अधिकृत गौतमले जानकारी दिनुभएको छ । उहाँले सोही बमोजिम शुल्क लिन विद्यालयहरुलाई अनुरोध गर्दै सो बारेमा निरन्तर अनुगमन समेत गरिने बताउनुभएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले यसअघि नै उपमहानगर भित्रका संस्थागत विद्यालयहरुका लागि शुल्क निर्धारण गरेर सोही बमोजिम गर्न निर्देशन दिनुका साथै विद्यालयहरुको अनुगमन गरेर विद्यालयका सञ्चालकहरुसँग छलफल समेत गरिसकेको छ । गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार