जेठ १, २०८१ मंगलबार May 14, 2024

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित

अब आवश्यकता अनुसार केन्द्रीय निर्वाचन तदर्थ समिति र प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ ।

शनिबार बसेको बैठकले विभिन्न पार्टीको तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट प्रतिनिधि निर्वाचन गर्ने निर्देशिका पारित गरेको हो ।

निर्देशिकाले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि निर्वाचित गर्दा कम्तिमा एक तिहाई महिलासहित विविधता प्रतिविम्वित हुने गरी विभिन्न जातिय-सामाजिक समूहहरुबाट समावेशी हुने गरी निर्वाचन गर्ने प्रावधान राखेको छ ।

स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढङ्गले प्रतिनिधि निर्वाचन गराउन आवश्यकता अनुसार केन्द्रीय निर्वाचन तदर्थ समिति र प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरिने भएको छ ।

प्रतिनिधि छनौट भएपश्चात जेठ १५ गतेसम्म सङ्गठन विभागले अभिलेखीकरण गर्ने र केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली सूचि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
२०८१ जेठ १, मंगलबार
बन्दरगाह परियोजना निर्माणका लागि भारत र इरानबीच १० वर्षे सम्झौतामा हस्ताक्षर
२०८१ जेठ १, मंगलबार
देशभर आंशिक बदली हुने पूर्वानुमान
२०८१ जेठ १, मंगलबार
चलचित्र  ‘सतीदेवी’ साउन ४ मा रिलिज हुने
२०८१ जेठ १, मंगलबार
नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
२०८१ जेठ १, मंगलबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने स्वास्थ्यमन्त्री यादवको प्रतिवद्धता
२०८१ वैशाख ३१, सोमबार
प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा
२०८१ वैशाख ३१, सोमबार