श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सिद्धार्थनगर मेयर कपको उपाधि वडा नम्बर ३ लाई

जितसँगै वडा नम्बर ३ ले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भैरहवा, १७ बैशाख । सिद्धार्थनगर मेयर कप क्रिकेट प्रतियोगिताको उापधि वडा नम्बर ३ ले जितेको छ।

सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा वडा नम्बर १ को टिमलाई पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो। भैरहवास्थित सिद्धार्थ रंगशालामा आइतबार भएको फाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई ६ विकेट पराजित गर्दै उपाधि चुम्न सफल भएको छ।

टस जितेर वडा नम्बर ३ ले वडा नम्बर १ लाई व्याटिङको निम्तो दिएको थियो। कूल १२ ओभरको खेलमा ११ ओभर २ बलमा वडा नम्बर १ को टिमले अलआउट हुँदै ११२ रन जोडेको थियो। जस्को लागि वडा नम्बर १ का गौतम बारीले ४२, मनिस थापाले २२ र कन्हैया यादवले अविजित १७ रन जोडेका थिए। वलिङ तर्फ वडा नम्बर ३ का समिर मुसलमानले ३, अर्जुन चौहान र अरमान मुसलमानले २–२ विकेट त्यस्तै रमेश कुर्मी र मैनुदिन शेखले समान १–१ विकेट लिए।

११३  रनको लक्ष्य पाएको वडा नम्बरले ३ ले प्रतिउत्तरमा १० ओभर ५ बलमा लक्ष्य पार गर्दै जित निकाल्यो। जसका लागि विजय सुनारले ४१, आनन्द गौडले अविजित ३४ रन बनाए । बलिङ तर्फ वडा नम्बर १ का आजाद खान, सोहेल खान, सोनु धवल र गौतम बारीले १–१ विकेट लिए। फाइनल खेलको म्यान अफ द म्याचबाट वडा नम्बर ३ का समिर मुसलमान पुरस्कृत भई एक हजार रुपैयाँ प्राप्त गरेको खेल संयोजक तथा वडा नम्बरका ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए।

जितसँगै वडा नम्बर ३ ले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा वडा नम्बर १ ले २५ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त पारेको छ। उपविजेता टिमले पुरस्कार रकम मध्येबाट त्यस वडामा भएको दुर्घटनामा घाइतेहरूका लागि उपचार सहयोग गर्ने घोसणा गरेको छ।

प्रतियोगितामा वडा नम्बर ६ का प्रवेज आलम प्लेयर अफ द सिरिज (उत्कृष्ट खेलाडी) भई ५ हजारसहित ट्रफी र प्रमाण पत्र पाए भने वडा नम्बर ११ का जुबैर आलम उत्कृष्ट बलर हुँदा वडा नम्बर ३ का आनन्द गौड उत्कृष्ट ब्याट्स म्यान बने। उनीहरू दुवैजनाले जनही २ हजार २ सय ५०  का दरले नगदसहित ट्रफी र प्रमाणपत्र पाए।

विजेता र उपविजेता खेलाडीहरूलाई सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खा, उपमेयर उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, वडाध्यक्षहरूलगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको अवसरमा नगरपालिकाले पूर्व राष्ट्रिय खेलाडीलाई समेत सम्मान गरेको छ। स्थानीयस्तरबाट नयाँ–नयाँ खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

बैशाख १३ गते देखि सुरु भई १६ गतेसम्म भएको प्रतियोगितामा सिद्धार्थनगरका १३ वटै वडाका टिमहरूको सहभागिता रहेको थियो। गत वर्ष उपविजेता बनेको वडा नम्बर ३ अहिले विजेता बनेको छ। आइतबार नै भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ दुईलाई ७ विकेटले पराजित गर्दै र वडा नम्बर ३ ले वडा नम्बरल ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए।

स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानीय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने र युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो यसलाई आगामी वर्षमा अझै व्यवस्थि तगर्दै लैजाने योजना नगरपालिकाको रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए
२०८२ श्रावण ९, शुक्रबार
कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
२०८२ श्रावण ९, शुक्रबार
डलरदेखि दिनारसम्म : राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्रा विनिमय दर
२०८२ श्रावण ९, शुक्रबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२०८२ श्रावण ९, शुक्रबार
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार