श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

स्पेनिस ला लिगा : बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले हरायो

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए। त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए।

यस खेलमा खेलको ४५औं मिनेटमा भलेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सीमित भएको थियो।

यो जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अंकले पछाडि रहेको छ। त्यसैगरी भलेन्सियाको भने ३३ खेलमा ४७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
२०८२ श्रावण ९, शुक्रबार
डलरदेखि दिनारसम्म : राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्रा विनिमय दर
२०८२ श्रावण ९, शुक्रबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२०८२ श्रावण ९, शुक्रबार
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार