जेठ ४, २०८१ शुक्रबार May 17, 2024

तीन संसदीय समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मध्याह्न १२ः३० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मध्याह्न १२ः३० बजे बस्ने भएको छ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक माथि छलफल हुने बताइएको छ ।

त्यस्तै १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने तलिका रहेको छ। बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरुका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम र ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया