जेठ ४, २०८१ शुक्रबार May 17, 2024

इलाम-२ को उपनिर्वाचनले चटकेहरुलाई ठेगान लगाइदियो : रामहरि खतिवडा

०८४ को निर्वाचनसम्ममा देशमा जन्मिएका चटकेहरु सबै ठेगान लाग्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम कांग्रेस नेता रामहरि खतिवडाले इलाम २ को उपनिर्वाचनको परिणामले कांग्रेस र एमालेमात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मुलुकका लागि कांग्रेस र एमालेको ठूलो जिम्मेवारी रहेको बताए ।

सभापति खतिवडाले पराजित भएको नेपाली कांग्रेसले महागठबन्धनसँगको प्रतिस्पर्धामा पाएको मत सम्मानजनक रहेको र मत परिणामको गम्भीर समीक्षा गर्दै भावी योजना तय गर्नुपर्ने बताए । उनले साना चटकेहरुलाई मतदाताले ठेगान लगाइदिएको पनि बताए ।

‘इलाम २ को उपनिर्वाचनले कांग्रेस र एमाले यो देशका प्रमुख शक्ति हुन भन्ने थप प्रमाणित भएको छ । महागठबन्धनविरुद्ध कांग्रेसको मत सम्मानजनक छ । मतदाताले चटके(साना दल र स्वतन्त्र उम्मेदवार) हरुलाई ठेगान लगाएको छ । ०८४ को निर्वाचनसम्ममा देशमा जन्मिएका चटकेहरु सबै ठेगान लाग्नेछन,’ खतिवडाले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण
२०८१ जेठ ४, शुक्रबार
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
२०८१ जेठ ४, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार