असार २९, २०८२ आइतबार July 13, 2025

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

सरकारी सेवा सुविधाका भरमा मात्र विद्यालय सञ्चालन गर्न चुनौतीपूर्ण देखिएपछी अभियान सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १८ वैशाख : कास्कीको पोखरा महानगरपालिका–२१ कृष्तिस्थित भविष्य निर्माण माविले ‘मेरो विद्यालयलाई मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान सञ्चालन गरेको छ । आर्थिक सङ्कलन गर्न विद्यालयले नयाँ अभ्यास सुरु गरेको हो ।

विद्यालयको ७१आँै वार्षिकोत्सव उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार भुजेलले आफू जीवित रहेसम्म विद्यालयलाई वार्षिक रु एक हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । सो कार्यक्रममा ५३ अभिभावक उक्त अभियानसँग जोडिनुभयो । अध्यक्ष भुजेलका अनुसार शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित नहुन भन्ने उद्देश्यका साथ आप्mनो गाँस काटेर पूर्खाले विद्यालयका लागि गरेको योगदानको कदर गर्दै अभियान सञ्चालन गरिएको हो । विद्यार्थीलाई समय सापेक्ष गुणस्तरीय एवम् प्रविधियुक्त शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।

अध्यक्ष भुजेलले भन्नुभयो–“सरकारी सेवा सुविधाका भरमा मात्र विद्यालय सञ्चालन गर्न चुनौतीपूर्ण छ । एक हजार अभिभावकलाई यस कार्यक्रममा सहभागी गराएर वार्षिक रु १० लाख सङ्कलन गर्ने लक्ष्य छ ।” अभिभावकको सहयोगले विद्यालय सञ्चालन गर्न सहयोग पुगेको उहाँको भनाइ छ ।

विद्यार्थीको सुविधाका लागि विद्यालयले एक वर्षदेखि बस सेवा समेत सञ्चालन गर्दै आएको छ । बस सेवालाई दिगो गर्न यसै वर्षदेखि अक्षयकोषको व्यवस्था गरिएको छ । अक्षयकोषको प्राप्त ब्याजबाट बस सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म रु ६० लाख सङ्कलन भएको अक्षयकोष वृद्धि समितिका संयोजक झपिन्द्रराज रेग्मीले जानकारी दिनुभयो । रोजगारीका सिलसिलामा विदेशमा रहेका यस क्षेत्रका युवा एवम् विभिन्न पेसा व्यवसायमा आवद्ध स्थानीयबाट आर्थिक सयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।

“अक्षय कोषमा रु एक करोड सङ्कलन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो । ग्रामीण क्षेत्रमा सडक पूर्वाधार निर्माणसँगै सरकारी विद्यालयमा विद्यार्थीको अभाव हुन नदिन विद्यालयले बस सेवा सञ्चालन गरेको हो । पोखराको दक्षिणी भेगमा अवस्थित सो विद्यालयसम्म आउजाउ गर्न पक्की सडक निर्माण गरिएको छ । व्यवस्थापन सङ्कायतर्फ दशजोड दुईको पढाइ भइरहेको सो विद्यालयमा हाल चार सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विसं २००९ मा स्थापना भएको विद्यालयमा चार पक्की भवन छन् । कक्षा दशसम्म अग्रेजी माध्यममा पढाइ भइरहेको छ । विद्यालयमा हाल २१ शिक्षक शिक्षिका कार्यरत छन् । यसैबीच विद्यालयमा आयोजित ७१आँै वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विद्यालयद्वारा सञ्चालित अक्षयकोषमा रु ५१ हजार ५५ को चेक हस्तान्तरण गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार