काठमाडौंः नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्टिङ अपरेसनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले छानबिन विना नै कुनै संस्था या व्यक्तिको मानमर्दन गर्नु नहुने बताएका हुन् ।
उनले भनेका छन्-
सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका “डार्क फाइल” समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेसनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ । छानबिन विना नै कुनै संस्था / व्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया