श्रावण ५, २०८२ सोमबार July 21, 2025

चिम्टीका ९७ जना अग्निपीडितको निःशुल्क उपचार

वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज (सप्तरी), १९ वैशाख : सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा भएको भीषण आगलागीमा परेरका पीडित परिवारको लागि आज यहाँ निःशुल्क प्राथमिक उपचार गरिएको छ ।

महादेवा गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडितको लागि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरिएको हो । आगलागी भएको घटनास्थलमा नै गएर आयोजना गरिएको निःशुल्क उपचारका लागि डाक्टर स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको छ ।

जनस्वास्थ्य निरीक्षक भोलाकुमार यादवका अनुसार आगलागीबाट प्रभावित भएका चिम्टीका अग्निपीडितका लागि निःशुल्क उपचार सेवा दिन लागिएको छ । उहाँले सो क्रममा चार जना आगोबाट जलेर हात, खुट्टा र छाला जलेर घाइते भएका पीडितको उपचार गरिएको बताउनुभयो ।

साथै आगलागीको क्रममा चोटपटक लागेका, अत्यधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन हुने बिरामी बढी उपचारको लागि आएकाको उपचार गरिएको जानकारी दिनुभयो ।

त्यस्तै बालबालिकाको समेत उपचार गरी उनीहरुलाई निःशुल्क औषधि दिइएको स्वास्थ्य निरीक्षक यादवले जानकारी दिनुभयो । यहाँ करिब ९७ जना व्यक्तिको आज उपचार गरिएको बताउँदै यही वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इञ्चार्ज सिनिएर अहेव उमेश यादवले जानकारी दिनुभयो । सि अहेव, स्वास्थ्य निरीक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीको टोलीले उनीहरुलाई उपचार गरिएको थियो ।

सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा मङ्गलबार दिउँसो भएको भीषण आगलागीमा परेर ६२ परिवारको करिब एक सय १४ वटा घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय शत्रुघ्न यादवको गाइगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगोले निजको साथै छिमेकी गणेशी यादव, उपेन्द्र यादव, कौशल्यादेवी यादव, रामदेव यादव, सुकदेव यादव, नथुनी यादव, सचेन्द्र यादव, रन्जित यादव, सुभाष यादव, गोपाल यादव, रामदेव सदालगायतको घर नष्ट भएका छन् भने रु एक करोडभन्दा बढीको धनमाल जलेको छ ।

आगलागीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घर छन् । आगलागी पीडित अहिले पाल लगाएर नजिकैको खेतमा बसेका छन् । हावाहुरी चलेको बेला भएको भीषण आगलागीमा परेर दुई दर्जन चौपाया, ट्र्याक्टर, थ्रेसरसमेत जलेको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साउनको पहिलो सोमबार : पशुपतिमा भक्तजनको भीड
२०८२ श्रावण ५, सोमबार
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
आजको मौसम पूर्वानुमान : चार प्रदेशमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार