जेठ ४, २०८१ शुक्रबार May 17, 2024

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा बिक्री दर १३३ रुपैयाँ ७९ पैसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा बिक्री दर १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैयाँ २० पैसा बिक्री दर १६६ रुपैयाँ ९५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३१ रुपैयाँ बिक्री दर ८६ रुपैयाँ ७० पैसा रहेको छ ।

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९१ पैसा बिक्री दर २८ रुपैयाँ ३ पैसा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया