श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बुकायो साका, लीन्द्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनल यस सिजनको लिग जितको दौडमा सबैभन्दा अगाडी रहेको छ ।

आर्सनलको ३६ खेलमा ८३ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक रहेको छ ।

त्यस्तै बोर्नमाउथको ३६ खेलमा ४८ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया