श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ।

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्दा आज तेस्रो स्थानमा रहेको छ। यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो।

काठमाडौं अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन्।

त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ। उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए
२०८२ श्रावण ९, शुक्रबार
कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
२०८२ श्रावण ९, शुक्रबार
डलरदेखि दिनारसम्म : राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्रा विनिमय दर
२०८२ श्रावण ९, शुक्रबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२०८२ श्रावण ९, शुक्रबार
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार