जेठ ५, २०८१ शनिबार May 18, 2024

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ ।

धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ । चालु आर्थिक वर्षमा प्रतिपुल रु ४० लाख विनियोजन गरिएको छ ।

चप्टे नदीमा पुल निर्माण गर्न रु दुई करोड ९७ लाख, मटेलीमा रु तीन करोड २६ लाख र चौकीगडा पुलका लागि रु चार करोड ७० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

यसैगरी, कालाखोल– लामगाडा पुल रु चार करोड पाँच लाख, नकुराडी खोलाको पुल रु तीन करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः रु पाँच करोड १९ लाख र चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी उनले दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छ : उपाध्यक्ष पाण्डे
२०८१ जेठ ५, शनिबार
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
२०८१ जेठ ५, शनिबार
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति
२०८१ जेठ ५, शनिबार
संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा
२०८१ जेठ ५, शनिबार
डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
२०८१ जेठ ५, शनिबार
प्रदेश सभा बैठक : विशेषाधिकार समिति गठन
२०८१ जेठ ५, शनिबार
व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल
२०८१ जेठ ५, शनिबार