जेठ ५, २०८१ शनिबार May 18, 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार शनिवारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा पुगेको छ । शुक्रबार युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा कायम छ । शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा र बिहीबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया