असार २८, २०८२ शनिबार July 12, 2025

आईओएमको डिन नियुक्ति खारेज गर्न नेविसंघको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिकित्सा शिक्षा अध्ययन संस्थान ९आईओएम० को डिन नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ । अध्यक्ष राजीव ढुंगानाले बुधबार प्रेस विज्ञप्ति जारी गरेर आईओएमको डिन नियुक्ति तत्काल खारेज गर्न माग गरेका हुन् ।

“कर्तव्यतिष्ठ प्राध्यापक डा. गोविन्द केसीले बारम्बार आफ्नो ज्यान हत्केलामा राखी चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन गरेको सत्याग्रहबाट प्राप्त उपलब्धि गुम्ने गरी वरिष्ठता र प्राज्ञिक मर्यादा कुल्चँदै गरिएको आईओएमको डिन नियुक्ति तुरुन्त खारेज गरियोस्, सच्याइयोस्,” विज्ञप्तिमा भनिएको छ ।

नेविसंघले पोखरा विश्वविद्यालयमा विगत नौ महिनादेखि रिक्त रहेका भीसी, रजिस्ट्रारलगायत पदाधिकारीको तत्काल सक्षम प्राज्ञिक नेतृत्वबाट चयन गर्न पनि माग गरेको छ । यस्तै विज्ञप्तिमा नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्‍वविद्यालयमा पनि पदाधिकारी नियुक्त गर्न माग गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया