श्रावण ५, २०८२ सोमबार July 21, 2025

बिदा लिएर निजीमा काम नगर्न सरकारी स्वास्थ्यकर्मी र कर्मचारीलाई मन्त्रालयको निर्देशन

बिदाको उद्देश्य विपरीत निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा हदैसम्मको कारबाही हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो त्यही उद्देश्यअनुसार सदुपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई अध्ययन बिदा, असाधारण बिदा, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदाजस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गएर काम गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने बताउनुभयो ।

आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवम् पेसागत अनुशासनमा रही काम गर्न सचिव बुर्लाकोटीद्वारा जारी निर्देशनमा उल्लेख छ । केहीले विदेशमा समेत गई काम गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरि गैरजिम्मेवारीपूर्ण काम गरेकाले प्रचलित कानुनअनुदार हदैसम्मको कारबाही गरी स्वीकृत गरेको बिदा रद्द गर्न विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएको सचिव बुर्लाकोटीले उल्लेख गर्नुभएको छ ।

बिदाको उद्देश्य विपरीत निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा सम्बन्धित निकायले स्वीकृत गरेको बिदा रद्द हुनुका साथै नेपाल स्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य सेवा नियमावली तथा सेवा सञ्चालनसम्बन्धी प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही हुने र यसप्रति सम्बन्धित व्यक्ति स्वयम् जिम्मेवार हुनुपर्ने सचिव बुर्लाकोटीले बताउनुभयो ।

यस्तै मन्त्रालयले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीले बिदा लिएर वा कार्यालयको काम छाडेर निजीमा काम गरेको देखिएमा जानकारी गराउनसमेत आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साउनको पहिलो सोमबार : पशुपतिमा भक्तजनको भीड
२०८२ श्रावण ५, सोमबार
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
आजको मौसम पूर्वानुमान : चार प्रदेशमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार