काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।
बैठकमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।
बजेट अधिवेशन आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया