असार २७, २०८२ शुक्रबार July 11, 2025

दुई संसदीय समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक केहीबेरमा शुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको दुई संसदीय समितिको बैठक आज बस्दै छ ।

समिति सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबारका लागि बोलाएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै छ ।

यस्तै, दिउँसो १ बजे बस्ने गरी बोलाइएको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पनि सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया