असार २८, २०८२ शनिबार July 12, 2025

नेविसंघले जलाए त्रिवि उपकुलपतिको कुर्सी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।

बुधबार दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिएका छन ।

नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो ।

नेविसंघको विश्वविद्यालय इकाइका अधयक्ष हरि आचार्यले तालाबन्दी गर्न जाँदा दुव्र्यवहार भएकाले विद्यार्थीहरुले कुर्सी जलाएको प्रतिक्रिया दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया