असार २७, २०८२ शुक्रबार July 11, 2025

नवनिर्वाचित एमाले सांसद सुहाङ नेम्वाङले लिए शपथ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् ।

गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका थिए ।

सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम – २मा उपनिर्वाचन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया