जेठ ७, २०८१ सोमबार May 20, 2024

सुरक्षित कारोबार पहिलो संशोधन विधेयकसम्बन्धी प्रतिवेदन पारित

सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको र चाँडै राष्ट्रिय सभामा पेस हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।

समितिको आजको बैठकले विधेयक पारित गरेको हो । समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफलपछि सुरक्षित कारोबार विधेयक २०८० पहिलो संशोधन पारित भएको बताउनुभयो ।

उहाँले सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको र चाँडै राष्ट्रिय सभामा पेस हुने बताउनुभयो । विधेयक दुवै सदनबाट पास भएपछि कर्जा दिने र कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज हुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया