जेठ ७, २०८१ सोमबार May 20, 2024

लिङदेनको प्रश्न- प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता जोगाउन जेपनि गर्छु भन्ने प्रधानमन्त्री प्रचण्डको भनाईमा दलहरू फुटाउने देखि अरु के-के होला भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा आफुले सत्ता टिकाउन अनेक काम गर्ने बताउदै जसपा नेपाल फुट्नुपनि त्यसैको शिलशिला भएको बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया