श्रावण ८, २०८२ बिहिबार July 24, 2025

प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको पुरुष तर्फको उपाधि नेपाली सेनाले लिन सफल भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारीमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किलोमिटर दुरी एक घण्टा ११ मिनेट २५ सेकेन्डमा दुरी पार गरी नेपाली सेनाका नरेन्द्र रावत प्रथम भएका छन् ।

प्रथम कर्णाली हाफ म्याराथनका उपाधि विजेता रावललाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका छन् । यसैगरी नेपाली सेनाका रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ सेकेन्डमा निश्चित दुरी पार गरी दोस्रो पुरस्कार जिते ।

प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको तेस्रो स्थानमा श्रीकेश राईले एक घण्टा १३ मिनेटमा दुरी पार गरेका छन् । प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किमी दौडको महिलातर्फ पुष्पा भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पार गरी प्रथम उपाधि जितिन् । सृथना पाण्डे दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए ।

यसैगरी शनिबार बिहान कर्णाली दौडिन्छ भन्ने नाराका साथ भएको पाँच किलोमिटर म्याराथन प्रतियोगिताको पुरुषतर्फ अजय विक प्रथम, रमेश बुढा दोस्रो र तेस्रो बने। यसैगरी पाँच किलोमिटर महिलातर्फ बिमला कार्कीले प्रथम भएर उपाधि जितिन् भने पूर्णिमा बुढाक्षेत्रीले दोस्रो र लक्ष्मी शाहीले तेस्रो स्थान लिएकी छिन् । हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहमा धर्म महर्जन विजयी भए । उनले एक घण्टा २८ मिनेटमा दुरी पार गरी उपाधि लिएका छन् ।

यसैगरी रेवन्त दहाल दोस्रो उपाधि लिन सफल भएका छन् । ५ किलोमिटर स्कुलस्तरीय छात्र एवम् छात्रा दौडातर्फ ७५९ जना र कर्पोरेटतर्फ ३९ जना धावकहरु सहभागी भएको आयोजकले जानकारी दिएका छन् ।

म्याराथनको विजेताले महिला तथा पुरुषलाई समान ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमश १५ हजार, १० हजार र ५ हजार पुरस्कार दिइने छ भने विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार वितरण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार