श्रावण ८, २०८२ बिहिबार July 24, 2025

शहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई

पहिलो हाफमा बराबरी भएको खेलमा दोस्रो हाफमा युनाइटेडले एपिएफका विरुद्ध लगातार तीन गोल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनकुटा, २९ वैशाखः यहाँ जारी सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले जितेको छ । आज भएको फाइनलमा सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँलाई शून्य–तीन गोलअन्तरले पराजित गर्दै युनाइटेड झापाले उपाधि जितेको हो ।

पहिलो हाफमा बराबरी भएको खेलमा दोस्रो हाफमा युनाइटेडले एपिएफका विरुद्ध लगातार तीन गोल गरेको थियो । खेलको ५१औँ मिनेटमा युनाइटेड झापाका जर्सी नं ९ का टिम क्याप्टेन आशीष चापागाईँले पहिलो गोल गर्नुभएको थियो । त्यस्तै ६७ मिनेटमा जर्सी नं ११ का अभिषेक गुरुङले टोलीका लागि दोस्रो गोल गर्नुभयो भने अतिरिक्त समयमा जर्सी नं १९ का देवेन्द्र तामाङले खेलको ९० मिनेटमा तेस्रो गोल गर्नुभयो ।

पटक–पटक गोल गर्ने मौका पाएको एपिएफले अतिरिक्त समयको ९३ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । एपिएफका जर्सी नं ४५ का सुमन श्रेष्ठले हानेको पेनाल्टी झापाका गोलरक्षक सन्दीप लिम्बूले रोकेका थिए ।

खेलका उत्कृष्ट गोलरक्षक विजेता टोलीका गोलरक्षक सन्दीप लिम्बू, उत्कृट मिडफिल्डर उपविजेता टोलीका बुद्धिमान राई हुनुभएको छ । त्यस्तै विजेता टोलीका देवेन्द्र तामाङ वेष्ट डिफेन्डर, अभिषेक गुरुङ बेष्ट फरवार्ड र आशीष चापागाईँ सर्वोउत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

जितसँगै युनाइटेड झापाले नगद रु पाँच लाखसहित गोल्डकप, मेडल तथा प्रमाणपत्र पाएको छ भने र उपविजेता एपिएफले रु दुई लाख नगद, मेडल तथा प्रमाणपत्र पाएको छ । विजेता टोली र उपविजेतालाई सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष पुरेनद्रलाल श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले पुस्कार प्रदान गर्नुभएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा हाल धनकुटा नगरपालिका वडा नं ६ निवासी श्रेष्ठलाई मृत्युदण्ड दिइएको थयो । विसं २०७४ मा सरकारले सहिद घोषणा गरिएका श्रेष्ठको स्मृतिमा २०५५ सालदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार