काठमाडौँ, वैशाख २८ गते । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।
शुक्रबार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि बैठक जेठ १ गते अपराह्न ६ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा नेपाली कांग्रेसका सांसदहरुले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया