श्रावण ८, २०८२ बिहिबार July 24, 2025

प्रिमियर लिगबाट रेलिगेसनमा परे यी तीन क्लब

लुटन टाउन वेस्टह्याम युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इङलिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेशनमा पर्ने तीन क्लबको टुंगो लागेको छ ।

यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् । लिगमा अब एक एक खेल खेल्न बाँकी रहेका यी तिनै क्लबको रेलिगेशनमा पर्ने टुंगो लागेको हो ।

शनिबार राति सम्पन्न खेलमा लुटन टाउन वेस्टह्याम युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । ३७ खेलमा लुटन टाउनको २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

त्यस्तै शनिबार राति नै सम्पन्न खेलमा बर्नली टोटनह्यामसँग २(१ गोल अन्तरले पराजित भएसँगै रेलिगेसनमा पर्ने निश्चित भएको हो ।

बर्नलीको ३७ खेलमा २४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ । त्यस्तै ३७ खेलमा १६ अंक रहेको शेफिल्ड युनाइटेड भने यस अघि नै रेलिगेशनमा परेको थियो ।

त्यसैगरी आउदो सिजनका लागि लेस्टर सिटी प्रिमियर लिगमा फर्किने निश्चित भएको छ भने आइपीएस टाउनले पनि आउदो सिजनका लागि प्रिमियर लिगमा आफ्नो स्थान पक्का गरेको छ

त्यस्तै प्रिमियर लिगमा आउने तेस्रो टिम भने प्लेअफको खेलबाट टुंगो लाग्ने छ । प्लेअफमा लिड्स युनाइटेड, साउथहम्पटन, वेस्ट ब्रोमविच र नोर्विच सिटी खेल्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार